२०८३ असोज २४ गते शनिबार

सरकारमा जाने कि नजाने निर्णय गर्दै रास्वपा

सरकारमा जाने कि नजाने निर्णय गर्दै रास्वपा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २२ गते शुक्रबार १०:११

नागरिकता विवादमा पार्टी सभापति रवि लामिछानेको सांसद पद गुमेपछि रास्वपाका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए ।

पोखरा

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आज बस्दैछ । आज साँझ ५ बजे बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने की सरकारमा जाने बारे निर्णय हुने नेताहरुले बताएका छन् ।

आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको हो । नागरिकता विवादमा पार्टी सभापति रवि लामिछानेको सांसद पद गुमेपछि रास्वपाका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए । तर उसले सरकारको समर्थन भने कायमै राखेको छ ।

वैशाख १० गते भएको उपचुनावमा रवि फेरि निर्वाचित भएका छन् । प्रधानमन्त्री प्रचण्ड रास्वपालाई सरकारमा ल्याउन लागि परेका छन् । प्रतिपक्ष घटनाउन र नेपाली कांग्रेसलाई सन्तुलनमा राख्नका लागि प्रचण्डले रास्वपालाई सरकारमा ल्याउन प्रचण्डले चाहेको स्रोतको दाबी छ ।

तर, नेकपा एमालेले भने रास्वपालाई प्रतिपक्षमा राख्ने प्रयास गरेको छ । हिजो मात्र एमाले अध्यक्ष केपी ओली र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । भेटमा ओलीले सरकारमा नजान सुझाएको बुझिएको छ ।

प्रकाशित मिति २०८० वैशाख २२ गते शुक्रबार १०:११
हजुरको प्रतिक्रिया