२०८३ साउन २१ गते बिहीबार

नक्कली शरणार्थी प्रकरणमा राजनीति नहोस्, एमालेले अनुसन्धानमा सघाउँछ: महेश बस्नेत

नक्कली शरणार्थी प्रकरणमा राजनीति नहोस्, एमालेले अनुसन्धानमा सघाउँछ: महेश बस्नेत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २४ गते आइतबार ११:३०

उनले भने, ‘कांग्रेसले अब सही बाटोमा जाने संकल्पका साथ अगाडि आयो भने सत्ता साझेदारी हुन सक्ला । अथवा कांग्रेसको सरकारलाई एमालेले समर्थन पनि गर्न सक्ला । अथवा एमालेको सरकारलाई कांग्रेसले समर्थन गर्न पनि सक्ला ।’

पोखरा

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नक्कली शरणार्थी प्रकरणलाई राजनीतिक रङ दिन नहुने बताएका छन् । उनले प्रकरणमा जोडिएका सबैमाथि अनुसन्धान हुनुपर्नेमा जोड दिए ।

‘टोपबहादुर रायमाझीजीको संग्लनताको प्रश्न उठेको छ । त्यसलाई छानविन गर्ने कुरामा नेकपा एमाले जहिले पनि सहज बन्छ, असहज बन्दैन’, उनले भने, ‘तर, टोपबहादुर रायामाझीको कुरा उठिरहदा रामबहादुर थापाको छोराको प्रश्न उठिरहदा हिजोका हाइ लेबल भनिएका उपराष्ट्रपति ज्युका छोराको कुरा छानविनको विषय बन्नुपर्छ कि पर्दैन ?’

आइतबार प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा बस्नेतले राजनीतिक रङ दिएको भरमा उन्मुक्ति दिन नहुने गम्भिर प्रश्न उठेको उनको भनाइ छ । कसैलाई पनि उन्मुक्ति दिन नहुने उनको माग छ ।

नक्कली शरणार्थी प्रकरणमा जोडिएको अडियो नियतवस आफूले सामाजिक सञ्जालमा सार्वजनिक गरेको बताए । अनुुसन्धानको सुरुवातमा फेला परेको अडियोले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा राणा र पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनको पत्नी मञ्जु खाँण पनि फस्ने भएकाले लुकाइएको उनको आरोप छ ।

एमाले पोलिटब्युरो सदस्य बस्नेतले भने, ‘त्यो अडियो एक्सपोज हुँदा त्यसको आधारमा छानविन गर्दा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु भाउजु पनि छानविनको दायरामा आउनपर्ने भो । किनभने त्यो अडियोमा उहाँले साँढे २ करोड दिएको कुरा स्पष्ट ढंगले व्याख्या भएको छ ।’

उनले अगाडि थपे, ‘त्यो अडियो एक्सपोज गर्दा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उहाँको श्रीमति मञ्जु खाँणको पनि चर्चा हुनेभो । किनभने त्यो अडियोमा अनामनगरको नजिक मञ्जु खाँण जिलाई र बालकृष्ण खाँण जिलाई ६ करोड रुपैयाँ दिएको एक्सपोज भएको छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तामा प्रधानमन्त्री पृष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबैलाई निष्पक्ष ढंगले कारबाही गर्ने प्रयत्नमा भएपनि प्रमाणहरु फेला नपरेको बताएको उनले सुनाए । उनले भने, ‘आशय के थियो भने लुकाइएको छ भन्ने थियो ।’

नेपाली कांग्रेससँग सत्ता साझेदारी हुने संकेत गरेका छन् । उनले कांग्रेसमा बुद्धि पलायो भने सत्ता साझेदार बन्न सक्ने बताए । उनले भने, ‘कांग्रेसले अब सही बाटोमा जाने संकल्पका साथ अगाडि आयो भने सत्ता साझेदारी हुन सक्ला । अथवा कांग्रेसको सरकारलाई एमालेले समर्थन पनि गर्न सक्ला । अथवा एमालेको सरकारलाई कांग्रेसले समर्थन गर्न पनि सक्ला ।’

सामाजिक सञ्जालले प्रधानमन्त्री बनाइदिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एमालेले कदापि साथ नदिने उनको जिकिर छ ।

प्रकाशित मिति २०८० वैशाख २४ गते आइतबार ११:३०
हजुरको प्रतिक्रिया