२०८३ साउन २१ गते बिहीबार

सर्वाेच्चले भन्याेः ढाकाकुमारमाथिकाे कारवाही तत्काल कार्यान्वयन नगर

सर्वाेच्चले भन्याेः ढाकाकुमारमाथिकाे कारवाही तत्काल कार्यान्वयन नगर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २५ गते सोमबार ०४:१९

पाेखरा

सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले श्रेष्ठमाथि रास्वपाले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

यो मुद्दामा सर्वोच्चले अन्तरिम आदेशका लागि श्रेष्ठ र रास्वपा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

स्वास्थ्यमन्त्री बन्न व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई पार्टीबाट निष्कासन गरेको थियो । त्यसपछि उनको सांसद पनि पनि खारेज भएको थियो ।

तर श्रेष्ठले आफूमाथि पार्टीले गरेको कारबाहीविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए ।

प्रकाशित मिति २०८० वैशाख २५ गते सोमबार ०४:१९
हजुरको प्रतिक्रिया