२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा नवनियुक्त ४ मन्त्रीले लिए शपथ

गण्डकीमा नवनियुक्त ४ मन्त्रीले लिए शपथ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २९ गते शुक्रबार ०४:५९

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा र तनहुँका जीतप्रकाश आले मगरलाई तथा माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका हुन् ।

पोखरा

गण्डकीमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनियताको शपथ लिएसँगै गण्डकीमा ७ सदस्यीय मन्त्रिपरिषद् पूर्ण भएको हो । प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा र तनहुँका जीतप्रकाश आले मगरलाई तथा माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका हुन् ।

जसमा जि.सीलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय, थापालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, आले मगरलाई आर्थिक मामिला मन्त्रालय र जुग्जालीलाई भौतिक पूर्वाधार विकास तथा यातायात्र व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघि बैशाख १५ मा शपथ लिएका दुई मन्त्री सुशिला सिंखडालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र सरस्वती अर्याललाई उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए । कांग्रेसमा मन्त्रीको आकांक्षी धेरैभएपछि मन्त्रालय भागबण्डामा सहमति जुट्न सकेको थिएन । अन्तत दुई हप्तापछि मुख्यमन्त्री पाण्डेले मन्त्रीपरिषद्लाई पूर्णता दिएका हुन् ।

प्रकाशित मिति २०८० वैशाख २९ गते शुक्रबार ०४:५९
हजुरको प्रतिक्रिया