२०८३ साउन २१ गते बिहीबार

संघीयताबारे पुनर्विचार गर्न सकिन्नः ओली

संघीयताबारे पुनर्विचार गर्न सकिन्नः ओली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख ३० गते शनिबार ०६:०८

उपप्रमुख रिजालका अनुसार ओलीले बैठकमा आफ्नो पार्टी संविधान निर्माणको नेता पार्टी भएकाले यसका कुनै पनि पिल्लरहरुलाई हल्लाउने वा चलाउने पक्षमा नरहेको पनि जिकिर गरे ।

काठमाडौ

नेकपा (एमाले)ले पार्टी केन्द्रिय कमिटी बैठकमा संघीयताबारे छलफलनै नभएको स्पष्ट पारेको छ ।

शनिबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा जारी पार्टीको केन्द्रिय कमिटी बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने प्रष्टयाए । बैठकमा संघीयताको विरोधमा छलफल गरिएको भन्ने बाहिर भ्रमपूर्ण हल्ला चलाइएको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले त्यस्ता हल्लालाई सम्पूर्ण रुपमा खारेज गर्ने बताएको पनि पनि पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । ओलीले बैठकमा पार्टीको आधिकारिक निर्णय मात्रै बाहिर लैजान पार्टीका केन्द्रिय सदस्यलाई निर्देशन समेत दिएका थिए ।

उपप्रमुख रिजालका अनुसार ओलीले बैठकमा आफ्नो पार्टी संविधान निर्माणको नेता पार्टी भएकाले यसका कुनै पनि पिल्लरहरुलाई हल्लाउने वा चलाउने पक्षमा नरहेको पनि जिकिर गरे । ओलीको भनाई उधृत गर्दै प्रचार उपप्रमुख रिजालले भने, ‘हिजो देखि एउटा हल्ला चलाईएको छ–नेकपा एमालेका चालू केन्द्रिय कमिटी बैठकमा संघीयताका बारेमा बहस सुरु भयो । नेकपा एमालेले संघीयतामा पुनर्विचार गर्ने भयो । अव नेकपा एमालेको संघीयता नमान्ने भयो भन्नेजस्ता जुन खालका गलत हल्लाहरु चलेका छन । यिनलाई अध्यक्ष कमरेडले सम्पूर्ण रुपमा खारेज गर्नु भएको छ । ’

बैठकले मिसन ग्रासरुट अभियानबाट प्राप्त सुझावको आधारमा पार्टीको वार्षिक कार्ययोजना पनि तय गरेको छ । जसमा कम्युनिष्ट पार्टीहरुको अन्तराष्ट्रिय सम्मेलन गर्ने योजना समावेश गरिएको छ ।

प्रकाशित मिति २०८० वैशाख ३० गते शनिबार ०६:०८
हजुरको प्रतिक्रिया