२०८३ साउन २१ गते बिहीबार

टाेपबहादुर रायमाझी सरकारी वकिलकाे कार्यालयमा

टाेपबहादुर रायमाझी सरकारी वकिलकाे कार्यालयमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १ गते सोमबार ०३:३०

नक्कली भुटानी शरणार्थी प्रकरणमा गएको वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार रहेका थिए ।

काठमाडौं

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टाेपबहादुर रायमाझीलाई सरकारी वकिलकाे कार्यालय काठमाण्डाै लगिएकाे छ ।

हिजाे आइतवार राति काठमाण्डाैकाे बूढानीलकण्ठबाट पक्राउ परेका रायमाझीलाई प्रहरीले आज साेमवार अनुसन्धानका लागि म्याद थप गर्न सरकारी वकिलकाे कार्यालय लगेकाे हाे । कार्यालयमा लैजाँदै गर्दा रायमाझीलाई हात हल्लाउँदै अभिवादन गरेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गएको वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार रहेका थिए । अब यो प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १३ पुगेको छ ।

प्रहरीले यसअघि पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता खाणसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, एमाले नेता एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, गिरोहका नाइके भनिएका केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राई लगायत १२ जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति २०८० जेठ १ गते सोमबार ०३:३०
हजुरको प्रतिक्रिया