२०८३ साउन २१ गते बिहीबार

प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मिश्र

प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मिश्र

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ ८ गते सोमबार ०७:२९

प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मिश्र चयन भएका छन् ।

आइतबार र सोमबार पोखरामा भएको दशौं जिल्ला अधिवेशनले सर्वसम्मत मिश्रको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा विजय लम्साल, उपाध्यक्ष महिलातर्फ ज्योति हमाल, सचिव धनबहादुर गुरुङ, कोषाध्यक्ष निराजन भण्डारी र सहसचिव सपना अधिकारी चुनिएका छन् ।

प्रेस युनियन कास्कीको सदस्यहरुमा अजय क्षेत्री, विवेक ढुंगाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिवप्रसाद न्यौपाने, अभिनन्दन वजिमय, चेतबहादुर थापा, प्रतिमा सापकोटा, देविका तामाङ, सविन विक र बलबहादुर रोकामगर चुनिएका छन् ।

 

प्रकाशित मिति २०८० जेठ ८ गते सोमबार ०७:२९
हजुरको प्रतिक्रिया