२०८३ साउन २१ गते बिहीबार

रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव राष्ट्रपति कार्यालयले फिर्ता पठायो

रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव राष्ट्रपति कार्यालयले फिर्ता पठायो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १२ गते शुक्रबार ०५:३२

चौधरीलाई आममाफी दिने प्रस्तावलाई शुक्रबार राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फिर्ता पठाएको हो ।

काठमाडौं

राष्ट्रपति कार्यालयले रेशम चौधरीलाई आममाफी दिने प्रस्तावलाई गृहमन्त्रालयमा फिर्ता पठाएको छ ।  चौधरीलाई आममाफी दिने प्रस्तावलाई शुक्रबार राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फिर्ता पठाएको हो ।

राष्ट्रपति कार्यालयबाट पूर्व सांसद चौधरीको सन्दर्भमा गृह मन्त्रालयलाई पठाइएको पत्रमा प्रचलित कानून, अदालतबाट भएको यस सम्बन्धि फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त विपरित नहुने गरी कानून बमोजिम गर्न भन्ने उल्लेख रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

रेशम चौधरी संलग्न रहेको अभियोग लागेको टिकापुर घटनामा  ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराको धर्मपत्नी शारदा कडायत बोहराले राष्ट्रपति कार्यालयमा दिएको निवेदन पनि गृहमन्त्रालयमा पठाइएको पनि पोखरेलले बताए ।

सातजना सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहितको सात जनाको हत्या भएको थियो ।

प्रकाशित मिति २०८० जेठ १२ गते शुक्रबार ०५:३२

हजुरको प्रतिक्रिया