२०८३ साउन २१ गते बिहीबार

राष्ट्रपतिबाट माफी पाएका रेशम चौधरी रिहा

राष्ट्रपतिबाट माफी पाएका रेशम चौधरी रिहा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १५ गते सोमबार ०८:३०

२०७२ भदौ ७ गते भएको टीकापुर घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।

काठमाडौं

टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरी रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा रेशमसहित १९ जनाको कैद सजाय माफी गरेसँगै चौधरी रिहा भएका हुन् ।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर तीनै तहको अदालतबाट जेल सजाय पाएका चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै छुटेका हुन् । २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।

राष्ट्रपतिबाट गणतन्त्र दिवसको अवसरमा आम माफी पाएका उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, नेतृ एलिजा गौतमसहित पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरु डिल्लीबजार कारागार पुगेका थिए ।

उनीहरुले रेशमलाई फूलमालाले भव्य स्वागत गरेका थिए । उनको स्वागतका लागि आज बिहानैदेखि डिल्लीबजार कारागारमा नेता, कार्यकर्ताको भीड लागेको थियो । तर सामाजिक सञ्जालमा भने सरकारले यस निर्णयको चौतर्फी विरोध भएको छ ।

प्रकाशित मिति २०८० जेठ १५ गते सोमबार ०८:३०
हजुरको प्रतिक्रिया