२०८३ कात्तिक ११ गते मंगलबार

मंगलबारदेखि पोखरामा पाटा शिखर सम्मेलन

मंगलबारदेखि पोखरामा पाटा शिखर सम्मेलन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १५ गते सोमबार ०५:२२

नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनले कोरोनाले थलिएको पर्यटन क्षेत्र उकास्न सहयोग गर्ने पाटाका सचिव सुमन पाण्डेले बताए ।

पोखरा

पोखरमा मंगलबारदेखि पाटा शिखर सम्मलेन हुदैछ । एसिया प्रशान्त क्षेत्रका ट्राभल संघसंस्थाको छाता संस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएन’ पाटाले आयोजना गरेको वार्षिक शिखर सम्मलेन र एडभान्चर ट्राभल मार्टको तयराी पुरा भएको छ ।

जेठ १९ गतेसम्म सम्मेलन चल्नेछ । नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनले कोरोनाले थलिएको पर्यटन क्षेत्र उकास्न सहयोग गर्ने पाटाका सचिव सुमन पाण्डेले बताए । शिखर सम्मेलनमा २२ मुलुकका १६० जना पाहुन सहभागी हुनेछन् । क्रेता र बिक्रेता सहित करिब २ सय ५० जना सहभागि पाण्डेले जानकारी दिए ।

पाटाको बोर्ड बैठक, वार्षिक सम्मेलन र कोरोनापछिको पर्यटन प्रबद्र्धनका आयाम बारेमा अन्तरक्रिया हुनेछ । बिजनेस टु बिजनेस कार्यक्रम हुने सचिव पाण्डेले उल्लेख गरे । अन्तर्राष्ट्रिय ट्राभल उद्योगमा ख्यातिप्राप्त वक्ताले दिगो पर्यटन, संकट व्यवस्थापन, हवाइ सुरक्षा, सामाजिक सञ्जाल, साहसिक र पर्वतीय पर्यटनका सवालमा विचार गोष्ठि हुनेछ ।

‘पोखराको प्रबद्र्धन गर्ने कार्यक्रम ल्याएका छौं । विमान दुर्घटनापछि पोखराको इमेज डेन्जर डेस्टिनेशन रुपमा चिनिन पुगेको थियो । यो ठाउँ सुरक्षित छ भन्ने म्यासेज विश्वलाई दिनेछौं’, पाटा महासचिव पाण्डेले भने । पर्यटनले सुस्ताएको पोखराको पर्यटनलाई सम्मेलनले राहत पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

शिखर सम्मेलनमा विभिन्न देशका पर्यटन व्यवसायीको सहभागिता हुने भएकाले एकआपसको अनुभव आदानप्रदान हुनेछ । ७७ मुलुकका ६ हजार भन्दा बढि सदस्य रहेको विश्वकै ठूलो पर्यटकीय संघ, प्यासिफिक एसिया ट्राभल एशोसियशन (पाटा) हो ।

प्रकाशित मिति २०८० जेठ १५ गते सोमबार ०५:२२
हजुरको प्रतिक्रिया