२०८३ साउन २१ गते बिहीबार

बाबुराम एक्लै हिँड्ने नेता हुन् : अध्यक्ष यादव

बाबुराम एक्लै हिँड्ने नेता हुन् : अध्यक्ष यादव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ७ गते बिहीबार ०३:१३

‘मोर्चा नै एउटा पार्टी बन्छ भन्ने जुन आंकलन कसै कसैले गरेका छन् भने त्यो गलत हो । पार्टीहरुको अलग अस्तित्व रहन्छ र जुन घोषित साझा विषयहरु छ त्यसमा सहकार्य हुन्छ। बाँकी पार्टी स्वतन्त्र रुपले आफ्ना मुद्दामा आफ्ना कार्य गर्छन् ।’ उनले भने ।

समाजवादी मोर्चामा पार्टी एकिकरणको सम्भावना छैन्

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चामा आवद्ध दलहरुबीचको एकीकरण सम्भावनालाई अस्वीकार गरेका छन् ।
चार दल मिलेर सोमबार बनेको समाजवादी मोर्चामा सामेल जसपा पार्टीका अध्यक्ष यादवले अहिले निर्माण भएको मोर्चा नै एउटा पार्टी बन्ने अनुमान गलत भएको बताए ।
उनले मोर्चामा भएका कुनै दलमध्ये कुनै अर्को दलले एकता गर्न सक्ने तर, मोर्चा नै पार्टी बन्नेमा सत्यता नरहेकाे उनको तर्क छ ।
‘मोर्चा नै एउटा पार्टी बन्छ भन्ने जुन आंकलन कसै कसैले गरेका छन् भने त्यो गलत हो । पार्टीहरुको अलग अस्तित्व रहन्छ र जुन घोषित साझा विषयहरु छ त्यसमा सहकार्य हुन्छ। बाँकी पार्टी स्वतन्त्र रुपले आफ्ना मुद्दामा आफ्ना कार्य गर्छन् ।’ उनले भने ।
त्यस्तै उनले डाक्टर बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) मोर्चा निर्माणमा कहिल्यै इच्छुक नदेखिएको उनको भनाई छ ।
‘बाबुरामजी कहिले पनि मोर्चामा आएको देखिएन्, एक वर्ष अघिबाटै मोर्चाको तयारी हुँदै आएको हो, उहाँको संलग्नता कहिले पनि देखिएन् । खोई बाबुरामलाई समातेको पनि होइन, छोडेको पनि होइन हामीले ।’
उनले मोर्चाले लिएको अवधारणलाई स्वीकार गर्ने हो भने मोर्चामा आउन चाहने सबैलाई समेट्ने बताएका उनले भट्टराईलाई एक्लै हिँड्न चाँहने नेताको रुपमा चित्रण गरे ।
यादवले हाँस्दै भने, ‘बाबुरामजीको एक्लै हिँड्ने बानी छ । त्यसले गर्दा ठीकै भाछ कि जस्तो छ ।’

प्रकाशित मिति २०८० असार ७ गते बिहीबार ०३:१३
हजुरको प्रतिक्रिया