२०८३ असोज २४ गते शनिबार

मादी गाउँपालिकाको नीतिः गोरु संरक्षण गर्ने, मावि तहका विद्यार्थीलाई छात्रवृत्ति दिने (पूर्णपाठसहित)

मादी गाउँपालिकाको नीतिः गोरु संरक्षण गर्ने, मावि तहका विद्यार्थीलाई छात्रवृत्ति दिने (पूर्णपाठसहित)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ७ गते बिहीबार ०७:५१

बिहीबार आर्थिक वर्ष ०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष देवीजंग गुरुङले गोरु संरक्षण गर्ने र हलगोरु पाल्ने किसानलाई अनुदान दिने जानकारी दिएका हुन् ।

पोखरा

कास्कीको मादी गाउँपालिकाले आफ्नो क्षेत्रमा गोरु संरक्षण गर्ने नीति ल्याएको छ ।

बिहीबार आर्थिक वर्ष ०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष देवीजंग गुरुङले गोरु संरक्षण गर्ने र हलगोरु पाल्ने किसानलाई अनुदान दिने जानकारी दिएका हुन् ।

कमजोर किसान संरक्षण अभियानअन्तर्गत पालिकाले गोरु पालनका लागि अनुदान दिने भएको हो ।

‘गोरु संरक्षण र कमजोर किसान संरक्षणअन्तर्गत हलगोरु पाल्ने कृषकलाई अनुदान दिनका लागि आवश्यक व्यवस्था मिलाइने छ,’ मादीको नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै, पालिकाले स्थानीय परम्परागत सीपमा आधारित कृषि उपजको पनि विविधिकरण गर्ने लक्ष्य राखेको छ ।

उक्त नीति अन्तर्गत मादीको मौलिक उत्पादनका रुपमा राडी, भांग्रा, बख्खु, गुन्द्रुकआदि ब्रान्डिङ गरेर विक्री वितरण गर्ने लक्ष्य राखेको छ ।

‘पालिकालाई स्थनीय उत्पादनतर्फ अग्रसर गराउन राडीपाखी, कम्बल, भांग्रा, स्विटर, झोला बनाउने तानहरुलाई आधुनिकीकरण गरी स्थानीय स्रोत, साधन, सीप एवं प्रविधिको प्रयोगलाई बढाइनेछ,’ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।

मादी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बिना अनुमति सञ्चालनमा रहेका व्यवसायलाई पनि अनिवार्य करका दायरामा ल्याउने घोषणा गरेको छ ।

त्यस्तै, मादी गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा मावि तह (कक्षा १२) अध्ययन गर्ने सबै विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको घोषणा गरेको छ । मादीले एक माविक एक उद्यम अन्तर्गत हरेक शुक्रबार ‘नो बुक, नो ब्याग’ अभियान सञ्चालन गरी व्यवहारिक शिक्षामा जोड दिने अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।
पूर्णपाठ

प्रकाशित मिति २०८० असार ७ गते बिहीबार ०७:५१
हजुरको प्रतिक्रिया