२०८३ साउन २१ गते बिहीबार

पोखरामा चिनियाँ ‘ड्रागन बोट रेस’को रौनक (तस्बिरसहित)

पोखरामा चिनियाँ ‘ड्रागन बोट रेस’को रौनक (तस्बिरसहित)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ८ गते शुक्रबार ०४:२१

नेपाल पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरपालिकाले फेस्टिबलको आयोजना गरेको हो ।

पोखरा

चीनको प्रमुख चार परम्परागत पर्व मध्यको एक हो, ड्रागन बोट रेस फेस्टिबल ।

परम्परागत चिकित्सा र स्वास्थ्य उत्सवको रुपमा मनाईने ड्रागन बोटरेस फेस्टिबल पोखरामा सुरु भएको छ ।

चीनसँगै मलेसिया, इन्डोनेसिया, सिंगापुर र ताइवानमा मनाइने यो फेस्टिबल दक्षिण एसियामै पहिलोपटक पोखरामा मनाइएको हो ।

दुई दिन चल्ने फेस्टिबलमा शुक्रबार उद्घाटनसँगै पहिलो चरणको प्रतिस्पर्धा समेत भएको छ ।

फेस्टिबलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र चिनको लिन्जी शहरका प्रमुख, उपप्रमुख लगायत सहभागी भए ।

‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोटरेस’ को २ सय र ५ सय मिटर दूरीको पहिलो चरणको खेल भएको छ ।

प्रतियोगितामा सिचुवान ड्रागन बोट, युवान ड्रागन बोट, एसजी ड्रागन बोट (सिंगापुर), चाइना–नेपाल फ्रेन्डसीप ड्रागन बोट (पोखरा), नारा ड्रागन बोट (नेपाल), एनआरिसए ड्रागन बोट (नेपाल), फेवा ड्रागन बोट र पोखरा महानगर ड्रागन बोटले प्रतिस्पर्धा गरे ।

२ सय मिटरमा सिचुवान, नारा, युनान र एनआरिसए ड्रागनबोट दोस्रो चरण प्रवेश गरेका छन् । ५ सय मिटरको प्रतिस्पर्धाबाट पनि सिचुवान, नारा, युनान र एनआरिसए नै दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

शनिबार फाइनल प्रतिस्पर्धा हुनेछ ।

नेपाल पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरपालिकाले फेस्टिबलको आयोजना गरेको हो ।

पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसनले पनि सहकार्य गरेको छ ।

तस्बिरहरूः विनाेद ढुंगाना/पब्लिक फाेरके टिभी

 

प्रकाशित मिति २०८० असार ८ गते शुक्रबार ०४:२१
हजुरको प्रतिक्रिया