२०८३ साउन २१ गते बिहीबार

काेराेना अपडेट : देशभर थप २२ काे ज्यान गयाे, २ हजार ७३६ संक्रमित थपिए

काेराेना अपडेट : देशभर थप २२ काे ज्यान गयाे, २ हजार ७३६ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २५ गते मंगलबार ०५:४०

पाेखरा । पछिल्लाे २४ घण्टामा देशभर थप २२ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार १ सय ४८ पुगेको छ । यस्तै, नेपालमा थप २ हजार ७ सय ३६ जनालाई कोरोना भाइरस...

ज्यान गुमाउनेको कुल संख्या १ हजार १ सय ४८ पुग्याे

पाेखरा । पछिल्लाे २४ घण्टामा देशभर थप २२ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार १ सय ४८ पुगेको छ ।

यस्तै, नेपालमा थप २ हजार ७ सय ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालमा थप २ हजार ७ सय ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ ।

हाल नेपालमा ३८ हजार ३५ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा १२ हजार ९ सय ६० जनाको पिसिआर परीक्षण गरिएको थियो ।

यो अवधिमा नेपालमा ८ सय ५३ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ६० हजार ५ सय ७७ पुगेको छ ।

 

प्रकाशित मिति २०७७ कात्तिक २५ गते मंगलबार ०५:४०
हजुरको प्रतिक्रिया