२०८३ साउन २१ गते बिहीबार

अभद्र व्यवहारमा आरोपमा माछापुच्छ्रे गाउँपालिका ८ का वडाध्यक्ष गुरुङ प्रहरी नियन्त्रणमा

अभद्र व्यवहारमा आरोपमा माछापुच्छ्रे गाउँपालिका ८ का वडाध्यक्ष गुरुङ प्रहरी नियन्त्रणमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार २१ गते बिहीबार १२:४२

वडाध्यक्ष गुरुङ बुधबार साँझ आफैं प्रहरीमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

पोखरा

उपभोक्ता समिति अध्यक्षमाथि अभद्र व्यवहार गरेको आरोपमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष राम गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडाध्यक्ष गुरुङ बुधबार साँझ आफैं प्रहरीमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

‘उहाँ हिजो आफैं प्रहरी कार्यालयमा उपस्थित हुनुभयो । अहिले हाम्रो नियन्त्रणमा हुनुहुन्छ,’ डिएसपी विकले भने, ‘उहाँमाथि कानुनबमोजिम अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।’

माछापुच्छ्र्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङमाथि आइतबार खोराको मुख–अपल्लो इदिखोला माछापुच्छ्रे सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीमाथि हातपात गरेको आरोप लगाएका थिए ।

भण्डारीमाथि हातपात भएपछि मंगलरदेखि नेकपा एमालेले वडा कार्यालयमा तालाबन्दी गरेको थियो ।

बुधबार जाहेरी दर्ता गर्ने सहमतिपछि एमालेले तालबन्दी खोलेको छ ।

उक्त बाटो स्तरोन्नति गर्न पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २१ लाख ५४ हजार रुपैयाँ बजेट परेको थियो ।

माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ र ८ जोड्ने उक्त सडक स्तरोन्नति गर्न वडा नं. ७ का अमृत भण्डारी गत चैत १४ गते अध्यक्ष चुनिएका थिए ।

प्रकाशित मिति २०८० असार २१ गते बिहीबार १२:४२
हजुरको प्रतिक्रिया