पोखरा
समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा बस्नेगरी बोलाइएको छ ।
बैठकमा चारवटै पार्टीका शीर्ष नेताहरू सहभागी हुने नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए । उनका अनुसार मोर्चाको पहिलो बैठक भएकाले कार्यविधि, भावी रणनीतिबारे छलफल गर्ने तयारी छ ।
मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन् ।
मोर्चाको नेतृत्व शीर्ष नेताले आलोपालो गर्ने सहमति छ । दीर्घकालमा पार्टी एकताकै लक्ष्यका साथ हाललाई मोर्चाबन्दी गरिएको नेताहरुको भनाइ छ ।
प्रकाशित मिति २०८० असार २३ गते शनिबार १२:५७