२०८३ साउन २१ गते बिहीबार

बुधबार १ बजेसम्म पोखरामा १४५ संक्रमित थपिए

बुधबार १ बजेसम्म पोखरामा १४५ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २६ गते बुधबार ०१:१८

पोखरा । पोखरा महानगरपालिकामा बुधबार दिउँसो १ बजेसम्म मात्र  १४५ जनामा काेरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चाडबाड नजिकिँएसंगै पोखरामा  मानिसहरुको भिडभाड बढ्न थालेको छ । नजिकका नातेदार र आफन्त बाहेकको कन्ट्याक ट्रेसिङ् प्रभावकारी...

प्रदेशमा १८२ संक्रमित थप हुँदा कुल संक्रमित ९७०३ पुगे

पोखरा । पोखरा महानगरपालिकामा बुधबार दिउँसो १ बजेसम्म मात्र  १४५ जनामा काेरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चाडबाड नजिकिँएसंगै पोखरामा  मानिसहरुको भिडभाड बढ्न थालेको छ । नजिकका नातेदार र आफन्त बाहेकको कन्ट्याक ट्रेसिङ् प्रभावकारी हुन सकिरहेको छैन्। यसैकारण विगतका केहि दिनको आँकडालाई हेर्दा पोखरा कोरोनाको हटस्पट बनेको प्रस्ट हुन्छ ।

बुधबार पोखराका १४५ सहित प्रदेशभर थप १८२ संक्रमित थप भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले उल्लेख गरेको छ । जस अनुसार बाग्गुङ्मा २० जना, तनहुँमा ७ जना, पर्वत, स्याङ्जा र नवलपरासीका ३/३ जना तथा लमजुङ्का १ जना रहेका छन् ।

यो संगै गण्डकी प्रदेशभर काेराेनाबाट संक्रमित हुनेको कुल संख्या ९ हजार ७०३ पुगेको छ ।

प्रकाशित मिति २०७७ कात्तिक २६ गते बुधबार ०१:१८
हजुरको प्रतिक्रिया