२०८३ असोज २४ गते शनिबार

सुशासन समृद्धि र सामाजिक न्यायको लागि सरकार प्रतिवद्ध छ: गृहमन्त्री श्रेष्ठ

सुशासन समृद्धि र सामाजिक न्यायको लागि सरकार प्रतिवद्ध छ: गृहमन्त्री श्रेष्ठ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार २८ गते बिहीबार ०४:१८

उनले अनुचित लेनदेन अर्थात मिटरव्याजी सम्बन्धी विधेयक पास गरेको राष्ट्रिय सभालाई धन्यवाद दिए ।

काठमाडौं

उपप्रधान तथा गृहमन्त्री नारायण काजि श्रेष्ठले, सुशासन समृद्धि र सामाजिक न्यायको लागि सरकार प्रतिवद्ध रहेको दोहो¥याएका छन् ।

विहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा  उनले सरकारले सुशासन, समृद्धि र समाजिक न्यायलाई केन्द्रविन्दुमा राखेर काम अगाडी  बढीरहेको बताए । धनि र गरीब, सम्पन्न र विपन्नलाई छुट्टा छुट्टै कानुन हुँदैन भन्ने कुराप्रति सरकार प्रतिवद्ध रहेको उनको भनाई छ ।

उनले अनुचित लेनदेन अर्थात मिटरव्याजी सम्बन्धी विधेयक पास गरेको राष्ट्रिय सभालाई धन्यवाद दिए ।

‘यस सदनबाट अनुचित लेनदेन अर्थात मिटरव्याजी सम्बन्धी विधेयक पास गरेर पारित गरेर प्रतिनिधि सभामा पठाईएको छ । यो ऐतहिासिक काम सामन्ति शोषणको अवशेषलाई अन्त्य गर्ने सवालमा यो सदनको पहलकदमीका निम्ती सबैलार्य धन्यवाद दिन चाहान्छु ’ उनले भने ।

खर्च कटौतिको प्रस्ताव फिर्ता लिन आग्र गरेका उनले तस्करी र दुव्यसनी नियन्त्रणलाई गृहमन्त्रालयले गम्भीर रुपमा लिएको बताए । जुम्लाको अन्तरजातिय विवाहको सन्र्दभमा घर जलाउनेलाई पक्राउ गरिएको भन्दै उनले क्षतिपूर्तिको लागि समेत माग गरिएको बताए ।

‘कारवाहीको प्रक्रिया अघि बढेको छ । अभियोजन गर्दा क्षतिपूर्तिको मागदाबी गरिएको छ । ’

 

प्रकाशित मिति २०८० असार २८ गते बिहीबार ०४:१८
हजुरको प्रतिक्रिया