२०८३ साउन २१ गते बिहीबार

पृथ्वीचोकदेखि चाइनापुलसम्म सडकमा पार्किङ निषेध

पृथ्वीचोकदेखि चाइनापुलसम्म सडकमा पार्किङ निषेध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ६ गते शनिबार १२:००

पृथ्वीचोकमा रहेको बसपार्क पनि उस्तै अस्तव्यस्त छ । २०३२ सालदेखि बसपार्कको सपना देखाइएपनि अहिलेसम्म काम हुन सकेको छैन ।

पाेखरा

पोखराको पृथ्वीचोकदेखि चाइनापुलसम्म सडकको दायाँबायाँ पार्किङ निषेध हुने भएको छ ।  सडकको दायाँबायाँ सवारी साधान पार्किङ रोक्ने निर्णय जिल्ला सुरक्षा समिति कास्कीले गरेको हो । यो निर्णय भोलि आइतबारदेखि लागू हुने भने पोखरा महानगरपालिकाले पार्किङ निषेधको व्यवस्थापन गर्नेछ । महानगरले सूचना जारी गर्दै पृथ्वीचोकदेखि चाइना पुलसम्म सडकको दायाँबायाँ कुनै प्रयोजनाका लागि सवारी पार्किङ आइतबारदेखि पूर्ण निषेध हुने जनाएको छ ।

आइतबारदेखि बसपार्कमै सवारी पार्किङ गरेर यात्रु ओराल्ने र चढाउने गर्नुपर्ने पोखरा महानरपालिका यातायात व्यवस्थापन समिति सहसंयोजक अमृत तिम्लिसनाले बताए । सडकबाट छुट्ने सवारीलाई बसपार्कबाटै छुटाउने उद्देश्य रहेको उनले जानकारी दिए ।

पोखराबाट देशभर छुट्ने सवारीले सडकबाटै यात्रु चढाउने र ओरल्ने गर्दा पृथ्वीचोक अस्तव्यस्त छ । पृथ्वीचोकमा रहेको बसपार्क पनि उस्तै अस्तव्यस्त छ । २०३२ सालदेखि बसपार्कको सपना देखाइएपनि अहिलेसम्म काम हुन सकेको छैन ।

प्रकाशित मिति २०८० साउन ६ गते शनिबार १२:००
हजुरको प्रतिक्रिया