२०८३ साउन २१ गते बिहीबार

लामेआहालमा लफडा निम्त्याउने व्यवस्थापन समितिकै अध्यक्ष !

लामेआहालमा लफडा निम्त्याउने व्यवस्थापन समितिकै अध्यक्ष !

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन १६ गते मंगलबार ०४:३९

‘जागिर दिन प्लस टु पढेको चाहिने रहेछ । खोज्दा कोही पनि पाइएन,’ उनले भने, ‘छोरा खाली पनि थियो, उसैलाई काममा लगाएँ ।’

पोखरा

महानगरले सहमतिअनुसार काम नगरेको भन्दै स्थानीयले अवरोध गरेपछि पोखराको फोहोर एकहप्तादेखि उठ्न छाडेको छ ।

फोहोर बोकेका गाडी अस्थायी ल्यान्डफिल साइट रहेको पोखरा ३२, लामेआहाल पुग्न नपाउँदा महानगरको दमकल शाखाको प्रांगनमा थन्किएका छन् ।

समस्या सुल्झिनको साटो झन्झन् बढ्दै गएपछि फोहोर व्यवस्थापनमा महानगरको टाउको दुखाइ बन्दै गइरहेको छ ।

एकहप्तादेखि सडकमै फोहोर थुप्रिँदा दुर्गन्धसमेत फैलिएको छ । सामाजिक सञ्जालमा व्यापक विरोध हुन थालेपछि महानगरले आइतबारबाट मुख्य बजार क्षेत्रका सडकमा थुप्रिएका फोहोर संकलन गरेर दलकल शाखामा राख्न थालेको हो ।

महानगर सरफाइ शाखा प्रमुख कल्पना बरालले मंगलबारसम्म २० वटा गाडी फोहोर संकलन गरिएको छ ।

ती सबै गाडीलाई दककल शाखाकै जग्गामा राखिएको छ । तर, महानगरसँग उपलब्ध भएका सबै फोहोर बोक्न गाडी भरिन थालेपछि अब के गर्ने भन्नेबारे महानगरसँग जवाफ छैन ।

अस्थायी ल्यान्डफिल साइटमा लफडा निम्त्याउने काम भने स्थानीय विपद् तथा फोहोर मैला व्यवस्थापन समिति अध्यक्ष बुद्धिमान गुरुङ नै गरेको स्थानीयको आरोप छ ।

उनले महानगरलाई स्काभेटर भाडामा दिएका छन् भने स्थानीयलाई रोजगार दिनुपर्नेमा आफ्नै छोरालाई जागिर लगाएका छन् ।

सहमतिविपरीत ल्यान्डफिल साइटमा फोहोर वर्गीकरण गरेर दुर्गन्ध झनै फैलाउने कामसमेत गरेको आरोप उनीमाथि छ ।

उनले यसअघि पनि आफूले इन्धन खर्च नपाएको भन्दै पटकपटक फोहोर उठाउन अवरोध सिर्जना गर्दै आएका थिए ।

पोखरा महानगरले भने ल्यान्डफिल साइट व्यवस्थापन गर्न २ जना कर्मचारी राख्न आवश्यक देखिएपछि थपिएको जानकारी दिएको छ ।

‘उहाँहरु बुद्धिमान गुरुङकै आफन्त हुनुहुन्छ भन्ने हामीलाई थाहा भएन, स्थानीयकै सहमति होला भन्ने लाग्यो,’ सरसफाइ शाखा प्रमुख कल्पना बरालले भनिन् ।

लामेआहाल फोहोरमैला व्यवस्थापन समिति अध्यक्ष बुद्धिमान गुरुङले गाउँभरि प्लस टु पढाइ सकेको युवा नपाएपछि आफ्नै छोरालाई काममा लगाएको स्पष्टिकरण दिए । उनले अर्का एकजना भने आफन्त नभएर स्थानीय नै भएको दाबी गरे ।

‘जागिर दिन प्लस टु पढेको चाहिने रहेछ । खोज्दा कोही पनि पाइएन,’ उनले भने, ‘छोरा खाली पनि थियो, उसैलाई काममा लगाएँ ।’

प्रकाशित मिति २०८० साउन १६ गते मंगलबार ०४:३९
हजुरको प्रतिक्रिया