२०८३ साउन २१ गते बिहीबार

बर्षाैपछि राजेश र करिस्मा एकैसाथ

बर्षाैपछि राजेश र करिस्मा एकैसाथ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २९ गते शनिबार ०२:३९

पाेखरा । नेपाली सिने जगतका सर्वाधिक सफल र चर्चित जाेडी राजेश हमाल र करिस्मा मानन्धर बर्षाैपछि एकैसाथ उपस्थित भएका छन् । उनीहरू एकैसाथ पर्दामा उत्रिने मेसाे भने हालैमात्र बजारमा सार्वजनिक गीत 'यादका लहरहरू' ले जुराएकाे हाे । डा....

पाेखरा । नेपाली सिने जगतका सर्वाधिक सफल र चर्चित जाेडी राजेश हमाल र करिस्मा मानन्धर बर्षाैपछि एकैसाथ उपस्थित भएका छन् । उनीहरू एकैसाथ पर्दामा उत्रिने मेसाे भने हालैमात्र बजारमा सार्वजनिक गीत ‘यादका लहरहरू’ ले जुराएकाे हाे ।

डा. प्रकास पाैडेलकाे शव्दमा तयार ‘यादका लहरहरू’ राज सागरकाे संगितले सजिएकाे छ । अञ्जु पन्तकाे मखमली आवाजमा रेकर्ड भएकाे गीतकाे संगित संयाेजन भने गाेपाल रसाइलीले गरेका हुन् ।

बर्षाैपछि एकैसाथ बाँधिएका राजेश हमाल र करिस्मा मानन्धरकाे जाेडी गीतमा खुब जमेकाे छ । जाेडीलाइ सुन्दर बनाउन क्यामेरामा उत्तम हुमागाइले मेहनत गरेका छन् । प्रविण श्रेष्ठले सम्पादन गरेकाे भिडियाेकाे निर्देशन हरि हुमागाइले गरेका हुन् ।

लामाे समयपछि पर्दामा देखिएकाे याे जाेडी दर्शकले रूचाउने अनुमान छ ।

 

प्रकाशित मिति २०७७ कात्तिक २९ गते शनिबार ०२:३९
हजुरको प्रतिक्रिया