२०८३ असोज २४ गते शनिबार

पोखरा–२९ पटनेरीस्थित सेती नदीमा एक साइकलयात्री खसे, खोजी कार्य जारी

पोखरा–२९ पटनेरीस्थित सेती नदीमा एक साइकलयात्री खसे, खोजी कार्य जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन २३ गते मंगलबार १२:५९

बडीगाड गाउँपालिका वडा नम्बर ४ घर भइ पोखरा–३३ बागमारा बस्ने भक्तबहादुर राना सेतीमा खसेका हुन्

पोखरा

पोखरामा एक जना साइकल यात्री सेती नदीमा खसेको छन् ।

पोखरा–२९ पटनेरीस्थित सेती नदीमा बिहान बागमाराबाट पटनेरीतिर आउँदै गरेका साइकलयात्री भक्तबहादुर राना पुलबाट खसेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विककाअनुसार बागलुङ बडीगाड गाउँपालिका वडा नम्बर ४ घर भइ पोखरा–३३ बागमारा बस्ने राना बिहान पौने १० बजेतिर सेतीमा खसेका हुन् ।

घरबाट साइकलमा हिँडेका रानाको चप्पल पुलनजिकै भेटिएको र परिवारले पहिचान गरेको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय शिशुवाले अहिले उनको खोजि गरिरहेको छ ।

प्रकाशित मिति २०८० साउन २३ गते मंगलबार १२:५९
हजुरको प्रतिक्रिया