२०८३ असोज २४ गते शनिबार

आफ्नो दायित्व पूरा गर्नबाट राज्य पन्छिन मिल्दैनः मन्त्री गुरुङ

आफ्नो दायित्व पूरा गर्नबाट राज्य पन्छिन मिल्दैनः मन्त्री गुरुङ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन २४ गते बुधबार ११:१६

वर्तमान सरकार राज्यको भुमिका निर्वाह गर्ने कुनैपनि कुराबाट नपन्छिने उनको भनाइ थियो ।

पोखरा
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राज्यले आफ्नो भुमिका निर्वाह गर्नुपर्ने दायित्वबाट कुनैपनि बेलामा पन्छिन नमिल्ने बताएका छन् ।

बुधवार अन्तर्राष्ट्रिय आदिवासी, जनजाति दिवासका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आदिवासी जनजाति आयोगले कार्ययोजनाहरु बनाउनुपर्ने र त्यसको कार्यान्वयनका लागि सरकारले काम गर्ने बताए ।

वर्तमान सरकार राज्यको भुमिका निर्वाह गर्ने कुनैपनि कुराबाट नपन्छिने उनको भनाइ थियो ।

आदिवासी जनजातिका हकहीतसम्बन्धी कानून निर्माण र कार्यान्वयन गर्ने पक्षमा सरकारले सँगै रहेर काम उनले बताए ।

‘आदिवासी जनजाति आयोगले विशेष ढंगबाट आफ्नो कार्यदिशाहरु निर्माण गर्दै, कार्ययोजनाहरु बनाउँदै, त्यसलाई कार्यान्वय गर्ने सन्दर्भमा सरकारको पूरा सहयोग रहनेछ । आगामी दिनमा नेपाल सरकारको तर्फबाट हामी र तपाईहरु सबै सँगै बसेर आदिवासी जनजातिका सन्दर्भमा आगामी दिनमा गर्नुपर्ने कार्यलाई सँगै बसेर छलफल गरेर अघि बढाउनेछौँ’, उनले भने ।

मन्त्री गुरुङले देशमा विविध संस्कृति, भाषाले आदिवासीलाई एउटा सुन्दर फूलबारी बनाइदिएको भन्दै यसलाई जोगाएर राख्न सक्नुपर्ने बताए ।

प्रकाशित मिति २०८० साउन २४ गते बुधबार ११:१६
हजुरको प्रतिक्रिया