२०८३ असोज २४ गते शनिबार

देश विकाशको मोडलमा परिर्वतन जरुरी छ : मन्त्री किराती

देश विकाशको मोडलमा परिर्वतन जरुरी छ : मन्त्री किराती

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन २७ गते शनिबार ०६:२२

उनले नीति निर्माणमा समेत स्वार्थ समुह हावी हुने गरेको भन्दै असन्तुष्टि पोखे ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले, नेपालको विकाश मोडल परिर्वतन हुन जरुरी रहेको बताएका छन् ।

भोजपुरको समग्र हितका लागि काठमाडौंमा रहेका संघ संस्थाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनले, अहिले कै प्रवृत्तिले विकाश सम्भव नहुने बताए । ‘नेपाल विकासको मोडेल कसरी परिवर्तन गर्न सकिन्छ भन्ने कुरामा केन्द्रीत हुनुपर्छ । अहिलेको तरिकाले हाम्रो देश विकास हुदैँन् । पछौटे सोच छ, हाम्रो ।’

उनले भने ‘मैले मन्त्री भएपछि झन धेरै थहा पाँए, सिंहदरबारमा बजेट सुरु भएपछि त्यहाँको कार्यालय सहयोगीसमेत आफ्नो टोलमा ५ लाख पैसा कसरी पार्ने भन्ने तर्फ लाग्द रहेछन् । हामी बजेटअनुसार पठाएको हाम्रो योजनाको माग एउटा राखेकोमा १७ वटासम्म थपिएर आयो, १ करोड राखेको पैसा ५ लाखमा झरेर आयो यो भन्दा दुखको कुरा के हुन सक्छ ।’

उनले नीति निर्माणमा समेत स्वार्थ समुह हावी हुने गरेको भन्दै असन्तुष्टि पोखे ।

‘अहिले शिक्षा नीति आउँदैछ, हामीले नै हेरेर हालेको २ वटा बुदाँ कहाबाट छिर्यो छिर्यो । हामीले यस्तो चरित्र र विकास बोकेर कसरी अगाडि बढ्न सक्छौ ।’ उनले भने ‘विकासको मोडेल परिवर्तन गर्नुपर्छ भनेर भन्दै गर्दा अहिलेको प्रतिस्पर्धामा सामेल भइएन भने पछाडि परिन्छ ।’

उनले आँफूले पर्यटन र संस्कती ऐन बनाउने प्रक्रिया थालेको उनको भनाई छ।

‘हाम्रो एयरपोर्ट देशको अनुहार हो, यसमा दाग देखिनु हुदैँन्, होटलमा संस्कृति झल्किने सजावट र खानाको व्यवस्था हुनुपर्छ । सरोकारवाला निकायहरुसँग छलफल गर्दै सुझाव लिएर पर्यटन, संस्कृति ऐन बनाउँने तर्फ लाग्दै छु ।’ उनले भने ।

उनले संविधानमै १० वर्ष विकासका लागि प्रतिपक्षमा कोही नबसौँ भनेर लेखिनु पथ्र्यो भने । ‘संविधान बनाउँदा एउटा हरफ छुटेको रहेछ, मिलेर नै राष्ट्रको निमार्ण गनुपर्ने हो भने, मिलेर नै समृद्धिको लागि एकपटक १० वर्ष प्रतिपक्ष कोही पनि नबसौँ भनेर लेखि दिएको भए आज कोही प्रतिपक्ष बस्नु पर्दैन् थियो । ’

प्रकाशित मिति २०८० साउन २७ गते शनिबार ०६:२२
हजुरको प्रतिक्रिया