२०८३ कात्तिक ११ गते मंगलबार

गण्डकी प्रदेशमै पहिलो पटक पोखरामा ओपन हार्ट सर्जरी

गण्डकी प्रदेशमै पहिलो पटक पोखरामा ओपन हार्ट सर्जरी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २ गते शनिबार ०१:४४

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कन्सल्टेन्ट कार्डियोभास्कुलर सर्जन डा. अनिल भट्टराई, कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. सूर्य देवकोटा लगायतको टिमले चरकमा ओपन हार्ट सर्जरी गरेर बिरामी काठमाडौं चितवन धाउनुपर्ने बाध्यताको अन्त्य गरिदिएका छन् ।

पोखरा

पोखराको चरक मेमोरियल हस्पिटलले ओपन हार्ट सर्जरी गरेको छ । चरकमा गण्डकी प्रदेशमै पहिलो पटक ओपन हार्ट सर्जरी भएको हो ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कन्सल्टेन्ट कार्डियोभास्कुलर सर्जन डा. अनिल भट्टराई, कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. सूर्य देवकोटा लगायतको टिमले चरकमा ओपन हार्ट सर्जरी गरेर बिरामी काठमाडौं चितवन धाउनुपर्ने बाध्यताको अन्त्य गरिदिएका छन् । गत शुक्रबार पोखरा महानगरपालिका–२० भलामका ४५ वर्षीय विष्णु गौतमको ओपन हार्ट सर्जरी गरिएको हो ।

निशुल्क ओपन हार्ट सर्जरी गरेको चरक मोमेरियल हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेलले बताए । उनले अब यो सेवा निरन्तरता दिने जानकारी दिए । ओपन हार्ट सर्जरीका लागि सुविधा दिन आवश्यक मेसिनसहित उपकरण जडान गरेको उनले जानकारी दिए ।

पहिलो पटक काठमाडौंबाट विशेषज्ञ डा.झिकाएर सर्जरी गरेको अस्पतालले कार्यरत डा. काठमाडौं तालिम लिन पठाउने तयारी समेत गरेको छ ।

प्रकाशित मिति २०८० भदौ २ गते शनिबार ०१:४४
हजुरको प्रतिक्रिया