पोखरा
गत असारमा चीनको छेन्दूबाट पहिलो पटक पोखरा विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाजले चार्टड उडान भरेको थियो । पहिलो अन्तर्राष्ट्रिय उडान पाएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा त्यसपछि उडान हुन सकेको छैन ।
आन्तरिक उडान नियमित भइरहेपनि अन्तर्राष्ट्रिय उडान नहुँदा व्यवसायी चिन्तित छन् ।
यसैबीच भुटानको ड्रक एयरले भने पोखरामा सिधा उडान गर्ने गर्ने भएको छ । भुटानको पारोबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको हो ।
ड्रकले ९ सेप्टेम्बर (२३ भदौ)का दिन पारोबाट पोखरा उडान गर्न अनुमति पाएको हो । यो चार्टर्ड उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
उनका अुनसार यो जहाज पोखराबाट पारो नै उड्नेछ । यहाँ न्यारोबडी जहाजले उडान गर्नेछ । नयाँ विमानस्थलमा उडान सुरु हुन केही समय लाग्ने भएको र अब भने क्रमशः उडानहरु आउने थालेको उनले बताए । चार्टर्ड उडानको रिपोर्टका आधारमा ड्रुकले भुटानबाट नियमित उडानको समेत आश्वासन दिएको उनले बताए । अंग्रेजी नयाँ वर्षको दिन पारेर १ जनवरी २०२३ का दिन उद्घाटन भएको यो विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय व्यवसायिक एउटा चार्टर्ड उडान मात्र भएको छ ।
अन्य उडान भने आन्तरिक मात्र भइरहेका छन् । अर्को नयाँ विमानस्थल भैरहवाबाट भने नेपाल एयरलाइन्सले तीन गन्तब्यमा उडान थालेको छ ।
प्रकाशित मिति २०८० भदौ ११ गते सोमबार ०१:२५




