पोखरा
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी खाना पकाउने एलपी ग्याँसमा एकै पटक २ सय ३५ रुपैंयाँ वृद्धि भएको जानकारी दिएको छ ।
पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय ३५ रुपैयाँ बढेको हो । नयाँ मूल्य अनुसार पेट्रोल १ सय ८२, डिजेल र मट्टितेल १ सय ७० र खाना पकाउने ग्याँस १ हजार ८ सय ९५ पुगेको छ । यस अघि पेट्रोल १ सय ७८, डिजेल र मट्टितेल १ सय ६७ रुपैंयाँ र खाना पकाउने ग्याँस प्रति सिलिन्डर १ हजार ६ सय ६० थियो ।
निगमले गरेको मूल्य वृद्धि गएराति १२ बजेदेखि लागू भएको छ । इन्डियन आयल कर्पोरेसनबाट मूल्य वृद्धि भएर आएको निगमले जनाएको छ । निगमले स्वचालित मूल्य प्रणाली लागू गरेपछि विश्व बजारमा भाउ घटे घटाउने र बढे मूल्य वृद्धि गर्ने गरेको छ ।

प्रकाशित मिति २०८० भदौ १५ गते शुक्रबार ०७:३१