२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्री प्रचण्ड भन्छन्ः माधवकुमार निर्दोष भन्ने सावित भयो

प्रधानमन्त्री प्रचण्ड भन्छन्ः माधवकुमार निर्दोष भन्ने सावित भयो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ १५ गते शुक्रबार ०५:२८

प्रचण्डले माधवकुमारको नाम जोडिएपछि आफूलाई पनि तनाव भएको सुनाए ।

पोखरा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल निर्दोष सावित भएको बताएका छन् । औपचारिक ढंगले सावित भएकाले अब फेरि प्रश्न उठाउने ठाउँ नरहेको उनको भनाइ छ ।

शुक्रबार पोखरामा भएको समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘माधवजीको बारेमा धेरै प्रश्नहरुे के हो कसो हो भनेर बढी नै आयो । पहिलो चोटी अहिले उहाँ निर्दोष हो भन्ने सावित भयो । औपचारिक रुपले सावित भयो । अब फेरि प्रश्न उठाउने ठाउँ रहेन । किनभने सिआइबीले अन्तत के हो भनेर उहाँको वयान त लियो । वयान लिएर निर्दोष सावित गरेर मुद्वा चलाउन नपर्ने भनेर लिखित रुपमा दिएपछि…।’

प्रचण्डले माधवकुमारको नाम जोडिएपछि आफूलाई पनि तनाव भएको सुनाए । प्रचण्डले आफ्नालाई बचाएर अरुलाई पार्छन भन्ने भ्रमहरु धेरै छर्ने कोशिस भएको बताए ।

‘यो अभियान सानो मनले, सानो विचारले, सानो उदेश्यले महाअभियना सुरु गरिएको होइन । सबै अनुसन्धान कर्तालाई भनेको छु तपाईहरु अनुसन्धान निष्पक्ष रुपमा गर्दै जानु । बाटोमा प्रचण्ड देख्नु भयो भने पनि नछोड्नुस् भन्याछु प्रधानमन्त्रीको हैसियतले’, उनको भनाइ थियो ।

माओवादीका नेताहरु परेपनि नछाडिने उनको दाबी छ । दोषि कोही नछुट्ने र निर्दोष नफस्ने उनले पोखरामा पनि दोहोर्‍याए ।

प्रकाशित मिति २०८० भदौ १५ गते शुक्रबार ०५:२८

हजुरको प्रतिक्रिया