२०८३ असोज २४ गते शनिबार

समाजवादी माओवादीसँग विलिन हुदैनः अध्यक्ष नेपाल

समाजवादी माओवादीसँग विलिन हुदैनः अध्यक्ष नेपाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ १५ गते शुक्रबार ०६:१९

उनले पार्टीलाई बलियो बनाएर समाजवादी मोर्चालाई गतिशिल बनाउन नेता कार्यकर्तालाई निर्देशन दिए ।

पोखरा

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी नेकपा माओवादी केन्द्रमा विलिन नहुने दाबी गरेका छन् । उनले पार्टीलाई बलियो बनाएर समाजवादी मोर्चालाई गतिशिल बनाउन नेता कार्यकर्तालाई निर्देशन दिए ।

शुक्रबार पोखरा सभागृहमा भएको समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘सरकारमा, संसदमा र सडकमा क्रियाशिल हुने संकल्पका साथ यो समाजवादी मोर्चा बनाएर अगाडी बढेका छौं । कसैले पनि यसलाई नकरात्मक रुपमा लिन जरुरत छैन ।’

उनले अगाडि थपे, ‘सुन्ने गर्छु यो मोर्चा बनाएपछि पार्टीहरु विलिन हुनेछन् । हाम्रै पार्टीमा पनि कतिपयलाई लाग्याछ माओवादीमा विलिन हुने को कि भनेर । जनता समाजवादी पार्टीमा पनि लागेको होला । जलाई मिल्न मन लाग्याछ उहाँहरुलाई मिल्नमा हामी रोक लगाउदैनौं । हाम्रा कार्यकर्तालाई भन्न चाहान्छु आफ्नो पार्टीलाई बलियो बनाउनुहोस् । समाजवादी मोर्चालाई गतिशिल बनाउनुहोस् ।’

उनले मोर्चामा आबद्ध सबै राजनीतिक दल जनतासँग जोडिनुपर्ने बताए । ‘सरकारको साथमा राजनीतिक दलहरु छन, जनता पनि छन भनेर हामीले यो मोर्चालाई अगाडि सारेका हौं’, नेपालले भने, ‘तर, कसैकसैले यो मोर्चालाई सरकारसँग मात्रै जोडिरहेका छन् । सरकारसँग मात्रै जोड्ने होइन । सरकारसँग पनि जोड्ने हो, जनतासँग पनि जोड्ने हो । देशसँग पनि जोड्ने हो । यो मोर्चा तीन्टै क्षेत्रमा क्रियाशिल रहनेछ । ’

राष्ट्रियतामा आँच आएको खण्डमा मोर्चा चुप लागेर नबस्ने उनले चेतावनी दिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने,‘देशको स्वाधिनतामाथि कसैले आँच आउने काम ग¥यो भने यो मोर्चा चुप लागेर बस्ने छैन ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारको फाइल खोलेर प्रशंसनीय काम गरेको उनको भनाइ छ । दोषी कोही उम्कन नहुने र निर्दोष फस्न नहुनेमा उनको जोड छ ।

प्रकाशित मिति २०८० भदौ १५ गते शुक्रबार ०६:१९
हजुरको प्रतिक्रिया