पोखरा
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादीहरु फुट्न मात्रै नभएर जुट्न पनि जानेको बताएका छन्। कम्युनिष्टहरु फुटे सकिएर भनेर प्रचार भइरहेकोमा आपत्ति जनाए। माओवादी र कम्युनिष्टहरु एक हुनुको विकल्प नभएको उनको भनाइ थियो ।
‘एउटा सन्देश जनतामा पु¥याउन जरुरी छ माओवादीहरु फुट्न मात्रै होइन जुट्न पनि जानेका छन् इतिहासमा’, शुक्रबार पोखरामा भएको समाजवादी मोर्चाको सन्देश सभामा उनको गर्जन थियो। जब राष्ट्रियता र जनताको कुरा आउँछ तब कम्युनिष्टहरु एक भएर लड्ने उनको भनाइ छ।
समाजवादी मोर्चाले जनाताको पूरा नभएको लडाइ समाजवाद स्थापना र दलालवाद पुँजीपतीको हातमा पुगेको सत्तालाई फेरि जनताको हातमा फर्काउने बताए। उनले भने, ‘सम्पूर्ण रुपले जनताका प्रतिनिधिद्वारा वास्तवमा यहाँका लुटेरा प्रवृत्तिका विरुद्वमा लड्ने चहाना हो। त्यसको नेतृत्व समाजवादी मोर्चाले गर्छ।’
समाजवादीको मोर्चाको लक्ष्य नेपालमा दलाल पुँजीवादी व्यवस्थाको अन्त्य गर्ने भएको उनले सुनाए। उनले नेपाली विशेषताको समाजवाद निर्माण गर्ने अभियानमा रहेको बताए। स्वधिनता, जनताको पक्ष, सुशासन र जनताको जनजीविकाको पक्षमा मोर्चा लड्ने उल्लेख गरे।
महासचिव विप्लवले जनयुद्व लडेर आएका नेता कार्यकर्ताको विरुद्वमा ठूलै षडयन्त्र भइरहेको आरोप लगाए। ‘जसले गणतन्त्र ल्यायो, क्रान्ति हाँक्यो। जसले इतिहासमा पहिलोपटक सुकुमबासीको घरबाट जनमुक्ति सेना गठन गर्यो। जसले जनताको मुक्तिलाई सुनिश्चित गर्ने तागत पैदा ग¥यो त्यै तागतको विरुद्वमा हमाल हुँदैछ’, उनले भने।
प्रधानमन्त्री प्रचण्डको विरुद्वमा चोकचोकमा हत्याराको चर्चा चलिरहेको उनको भनाइ छ। नेपालमा समाजवाद सम्भव छैन भनेर दुष्प्रचारसमेत भइरहेको बताए।
प्रकाशित मिति २०८० भदौ १५ गते शुक्रबार ०६:२५




