२०८३ असोज २४ गते शनिबार

पोखराको लेकसाइडमा तीज साँस्कृतिक महोत्सव हुने

पोखराको लेकसाइडमा तीज साँस्कृतिक महोत्सव हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ १६ गते शनिबार ०५:३१

तीज महोत्सवले महिला उद्यमशिलताको विकास गर्दै आर्थिक चलायमान बनाउने टेवान अध्यक्ष कमला गिरीले बताइन् ।

पोखरा

पोखराको लेकसाइडमा तीज साँस्कृतिक महोत्सव आयोजना गरिएको छ । सुस्ताएको पर्यटन प्रबद्र्धन गर्न पर्यटन व्यवसायी महिला संघ नेपाल टेवानले तीज साँस्कृति महोत्सव आयोजना गरेको हो ।

भदौ २५ देखि २७ गतेसम्म कोमागाने पार्क लेकसाइडमा हुनेछ । प्रदेशका ११ जिल्लालाई नै समेटेर महोत्सव आयोजना गरेको टेवानकी महासचिव अनिता खड्काले बताइन् ।

उनका अनुसार प्रदेशस्तरीय तीज गीत प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, मैत्रीपूर्ण महिला भलिबल, दौड प्रतियोगितासँगै साँस्कृतिक कार्यक्रम हुनेछ । मौलिक भेषभुषा प्रदर्शन, स्वदेशी तथा विदेशी खानाका परिकारका स्टल, महिला उद्यमीले उत्पादन गरेका सामाग्रीको बजारीकरणका लागि पनि स्टल रहनेछ ।

तीज महोत्सवले महिला उद्यमशिलताको विकास गर्दै आर्थिक चलायमान बनाउने टेवान अध्यक्ष कमला गिरीले बताइन् ।

महोत्सवले पर्यटनका लागि पोखरा १२ महिना नै खुला छ भन्ने सन्देश दिने उनको भनाइ छ । लयतिबेला पर्यटन व्यवसायमा अफसिजन भएकाले तीजको साँस्कृतिक महत्व उजागर गर्दै आन्तरिक र बाह्य पर्यटक तान्ने कोशिष भएको उनले बताइन् ।

प्रकाशित मिति २०८० भदौ १६ गते शनिबार ०५:३१
हजुरको प्रतिक्रिया