२०८३ साउन २१ गते बिहीबार

काेराेना संक्रमणका कारण सनिबार पाेखरामा थप २ जनाकाे ज्यान गयाे

काेराेना संक्रमणका कारण सनिबार पाेखरामा थप २ जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर ६ गते शनिबार ०५:२८

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण सनिबार पाेखरामा थप २ जनाकाे ज्यान गएकाे छ । याे संगै काेराेना संक्रमणपछि गण्डकी प्रदेशमा ज्यान गुमाउनेकाे संख्या १४१ पुगेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । काेभिडका...

प्रदेशभर ज्यान गुमाउनेकाे संख्या १४१ पुग्याे

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण सनिबार पाेखरामा थप २ जनाकाे ज्यान गएकाे छ । याे संगै काेराेना संक्रमणपछि गण्डकी प्रदेशमा ज्यान गुमाउनेकाे संख्या १४१ पुगेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

काेभिडका कारण ज्यान गुमाउनेहरूमा पाेखरा महानगरपालिका १३ का ७९ बर्षीय संकमित पुरूषकाे शुक्रबार राती उपचारकै क्रममा पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा निधन भएकाे हाे । नीजमा गत कार्तिक २८ गते काेभिडकाे संक्रमण पुष्टि भएकाे निर्देशनालयले उल्लेख गरेकाे छ ।

यस्तै, सनिबार पर्वत जिल्ला माेदी गाउँपालिका ६ का ६१ बर्षीय संक्रमित पुरूषकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा उपचारकै क्रममा सनिबार बिहान ज्यान गएकाे हाे । उनमा शुक्रबार काेराेना संक्रमण पुष्टि भएकाे निर्देशनालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति २०७७ मंसिर ६ गते शनिबार ०५:२८
हजुरको प्रतिक्रिया