२०८३ साउन २१ गते बिहीबार

अर्थतन्त्र सुधार हुँदैछ, सरकार गाठो फुकाउँदैछ :अर्थमन्त्री महत

अर्थतन्त्र सुधार हुँदैछ, सरकार गाठो फुकाउँदैछ :अर्थमन्त्री महत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ १९ गते मंगलबार १०:३२

मुग्लिन पोखरा सडक स्तरोन्नतीको काम द्रुत गतिमा सक्न सरकारले चासो दिइरहेको बताए ।

पोखरा

अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारको अवस्थामा रहेको बताए । उनले अब राम्रो हुँदैछ भन्ने डिस्कोर्सलाई अगाडि बढाउनुपर्ने बताए ।

सोमबार पोखरा पर्यटन परिषद्को २३ औं वार्षिक साधारणसभामा अर्थमन्त्री महतले भने, ‘हामीले जति भोग्यौं भोग्यौं अब राम्रा दिनहरु आइराछ भन्ने डिस्कोर्सलाई अगाडि बढाऔं साथीहरु त्यसमा पूरापूर सरकार गम्भिर छ । कहाँ कहाँ गाठो छ हामी फुकाउन तयार छौं ।’ तर, छुमन्तर गरेर समस्या समाधान नहुने उनको भनाइ छ ।

मुग्लिन पोखरा सडक स्तरोन्नतीको काम द्रुत गतिमा सक्न सरकारले चासो दिइरहेको बताए । बर्खा सकिने बित्तिकै सडक स्तरोन्नतीले गति पक्डने उनको दाबी छ ।

‘यो बाटो राम्रो हुने बित्तिकै सडक यात्रा गर्दै पोखरा आउने आन्तरिक पर्यटको संख्या बढ्छ । त्यसकारण हामीमा केही धैर्यता आवश्यक छ । केही समय समस्या खपौं भन्ने धैर्यता राखौं । पोखरा र वरपरको पर्यटनले छलाङ्ग मार्छ’, अर्थमन्त्री महतले भने । अन्तर्राष्ट्रिय पर्यटक बढ्नलाई हवाइ उडान बढ्नुपर्ने उनको भनाइ छ ।

पोखराबाट अन्तर्राष्ट्रिय उडान नहुनुलाई सरकारले गम्भिर रुपमा लिएको बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले रनिङ कस्ट पनि धान्न नसक्दा लगानी उठाउन चूनौति थपिएको उनको भनाइ छ ।

प्रकाशित मिति २०८० भदौ १९ गते मंगलबार १०:३२

हजुरको प्रतिक्रिया