पोखरा
जयन्ती मेमोरियल ट्रस्टले यहि बैशाख २२ गते पोखरामा निःशुल्क मुटु स्वास्थ्य शिविर गर्ने भएको छ । पोखरा लेकसाइड कोमागानेपार्कमा हुने शिविरमा सबै उमेर समूहका व्यक्तिलाई मुटुको स्वास्थ्य परीक्षण गराउन ट्रस्टले अनुरोध गरेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालका मुटु विशेषज्ञ टोलीले शिविरमा जाँच गर्नेछ । मुटु स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको ट्रस्टले विगत तीन वर्षदेखि गण्डकी अस्पतालमा विपन्न वर्गका मुटु रोगीका लागि उपचार खर्च सहयोग गरिरहेको संयोजक सविता मैनालीले बताइन् ।
हाल पोखरा वैदाममा रहेको फिस्टेल लजले वार्षिक रुपमा शत प्रतिशत नाफा रकम जयन्ती मेमोरियल ट्रस्टलाई दिने गरेको छ । ट्रस्टले उक्त रकम मुटुसँग सम्बन्धित परियोजनाहरुमा खर्चिने गरेको ट्रस्टकी गण्डकी अस्पताल पोखरा संयोजक मैनालीले जानकारी दिइन् ।
शिविरको पूर्व तयारीका लागि मंगलबार बसेको बैठकमा बोल्दै पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले मुटुको स्वास्थ्य परीक्षण गरिनु अनिवार्य रहेको बताए । आफू पनि मुटुरोगी रहेको बताउँदै उनले मुटुको बेलैमा परीक्षण गर्नुपर्नेमा जोड दिए ।
प्रकाशित मिति २०८० भदौ १९ गते मंगलबार ०६:४४



