२०८३ असोज २३ गते शुक्रबार

कार्तिक आर्यनले गरे जन्मदिनमा नयाँ फिल्मकाे घाेषणा

कार्तिक आर्यनले गरे जन्मदिनमा नयाँ फिल्मकाे घाेषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर ८ गते सोमबार ११:२९

पाेखरा । आफ्नाे अभिनयकै दमबाट बलिउडमा उदियमान प्रतिभाका रूपमा उदाउँदै एकपछि अर्काे सफलता हात पारेका बलिउड स्टार कार्तिक आर्यनले आइतबार २२ नाेभेम्बरका दिन आफ्नाे ३० औं जन्मदिन मनाए । जन्मदिन मनाउँदै गर्दा कार्तिकले सामाजिक सञ्जाल...

पाेखरा । आफ्नाे अभिनयकै दमबाट बलिउडमा उदियमान प्रतिभाका रूपमा उदाउँदै एकपछि अर्काे सफलता हात पारेका बलिउड स्टार कार्तिक आर्यनले आइतबार २२ नाेभेम्बरका दिन आफ्नाे ३० औं जन्मदिन मनाए ।

जन्मदिन मनाउँदै गर्दा कार्तिकले सामाजिक सञ्जाल मार्फत आफ्नाे नयाँ फिल्मकाे समेत घाेषणा गरे । उनकाे आगामी फिल्म ‘धमाका’ सन् २०२१ मा रिलिज हुनसक्ने उनले उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा उनले फिल्मकाे फर्स्ट लुक समेत सार्वजनिक गरेका छन् । जहाँ उनी लामाे कपाल र दारीमा देखिएका छन् । उनले लेखेका छन – ‘आज मेराे जन्मदिन हाे… धमाका हुनुपर्छ ।’ धमाकाकाे निर्देशन राम माधवानीले गर्नेछन् ।

कार्तिक पछिल्लाे पटक इम्तियाज अलिकाे निर्देशनमा फिल्म लव आज कल मा सारा अली खानसंग देखिएका थिए । आगामी दिनमा उनलाइ कियारा आडवाडीसंग फिल्म भुलभुलैया-२ र जान्ह्वी कपुरसंग दाेस्ताना-२ मा देख्न सकिनेछ ।

प्रकाशित मिति २०७७ मंसिर ८ गते सोमबार ११:२९
हजुरको प्रतिक्रिया