२०८३ साउन २१ गते बिहीबार

सकेसम्म कोशीमा मध्यावधि निर्वाचन गर्नुहुँदैनः अध्यक्ष नेपाल

सकेसम्म कोशीमा मध्यावधि निर्वाचन गर्नुहुँदैनः अध्यक्ष नेपाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २३ गते शनिबार ०३:२१

उनले जनता र राष्ट्रलाई पर्ने अर्थको बोझका कारण पुनः निर्वाचन हुनु नहुने बताए ।

पोखरा

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोशी प्रदेशमा मध्यावधि चुनाव गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।

उनले जनता र राष्ट्रलाई पर्ने अर्थको बोझका कारण पुनः निर्वाचन हुनु नहुने बताए ।

शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा आफ्नो पार्टीले तेब्बर बढी सिट ल्याउन सक्ने भएपनि देशको आर्थिक अवस्थालाई मध्यनजर गरी मध्यावधि चुनाव नभइ मिलेर सरकार बनाउनुपर्ने बताए ।

‘हामीले गठबन्धन सरकार बनाएका छौँ । सबै प्रदेशमा गठबन्धन बनाउँदै जाँदा अहिले कोशीमा सुन्नुभयो तपाईंले । यसबीचमा कति वटा सरकार बनिसके । एउटा मुख्यमन्त्री थिए, उनले राजिनामा दिए फेरि अर्को समस्या बनाउन समस्या भयो, अर्को बन्यो फेरि त्यो ढल्यो, फेरि अर्को बने । यही सिलसिलामा कतिसम्म चल्ने हो ? कारण के हो भने हाम्रो निर्वाचन प्रणाली’, पूर्वप्रधानमन्त्री नेपालले भने ।

नेपालले कोशी प्रदेश सरकार मध्यावधि चुनावमा नगइ टिकाइरहन कुनै उपाय निकालिनुपर्ने बताए ।

प्रकाशित मिति २०८० भदौ २३ गते शनिबार ०३:२१

हजुरको प्रतिक्रिया