२०८३ असोज २४ गते शनिबार

सबै जातजाति मिलेर बसेको देखेर मन भतभत पोल्नेहरु पनि छन्ः ओली

सबै जातजाति मिलेर बसेको देखेर मन भतभत पोल्नेहरु पनि छन्ः ओली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २३ गते शनिबार ०४:५६

काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँ बसेको, रमाएको देखेर मन पोल्नेहरुका कारण साम्प्रदायिक सद्भाव कायम राख्न समस्या हुने गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान तथा हरितालिका...

काठमाडौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँ बसेको, रमाएको देखेर मन पोल्नेहरुका कारण साम्प्रदायिक सद्भाव कायम राख्न समस्या हुने गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान तथा हरितालिका तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले चाडको अर्थ सामाजिक सद्भाव कायम गर्नु भएकाले सबै जातजाति एकै ठाउँ बसेको, रमाएको देखेर मन पोल्नेहरुले चाडपर्वको महत्व नबुझ्ने टिप्पणी गरे ।

उनले भने, ‘फेरि पनि भन्न सकिँदैन यस्ता चाडपर्व मन नपराउने, एकता, सबै जातजाति एकै ठाउँ बसेको मन नपराउनेहरु । झगडा गरेर मारामार गर्नुपर्ने कहाँ एकै ठाउँमा बसेर रमाएको देखेर मन भत भत पोल्नेहरु छन् । चाडको अर्थतन्त्र त्यस्ता सोचहरु ठ्याम्मै मिल्दैन । किन कि चाडको अर्थ सामाजिक सद्भाव कायम गर्नु हो ।’

 

प्रकाशित मिति २०८० भदौ २३ गते शनिबार ०४:५६
हजुरको प्रतिक्रिया