पोखरा
जिल्ला समन्वय समिति कास्कीले गुनासो तथा उजुरी डेस्क स्थापना गर्ने भएको छ ।
कास्कीका स्थानीय तहमा संचालित विकासे आयोजना र काम प्रभावकारी बनाउन गुनासो तथा उजुरी डेस्क स्थापनाको तयारी गरेको हो ।
जनता र सेवाग्राहीका गुनासा समयमै व्यवस्थापन गर्न गुनासो डेस्क स्थापना गर्न लागिएको जिल्ला समन्वय समिति प्रमुख लिलाधर पौडेलले बताए ।
कास्कीका बिकास आयोजनामा हुन सक्ने संभावित कमिकमजोरीलाई न्यूनीकरण गर्दै गुणस्तर कायम गर्न डेस्कले सघाउने उनको भनाइ छ ।
कास्कीका सेवाग्राहीहरूले सेवा प्राप्त गर्दा भोग्नु परेका कठिनाइ, बिकास आयोजनाका राम्रा नराम्रा सबैखाले प्रतिक्रिया र सुझाव संकलन हुनेछ ।
प्रकाशित मिति २०८० भदौ २५ गते सोमबार ०६:२५