२०८३ कात्तिक ११ गते मंगलबार

चिकित्सक संघको आन्दोलन घोषणा

चिकित्सक संघको आन्दोलन घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २८ गते बिहीबार ०७:०८

सन्चो अस्पताल हेटौँडामा कार्यरत चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण गरी घाइते बनाएको भन्दै संघले आन्दोलनको घोषणा गरेको हो ।

पोखरा

नेपाल चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

सन्चो अस्पताल हेटौँडामा कार्यरत चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण गरी घाइते बनाएको भन्दै संघले आन्दोलनको घोषणा गरेको हो ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघका महासचिव डा.सञ्जीव तिवारीले ७२ घण्टाभित्र घटनामा संलग्न दोषीलाई कानूनी कारबाही नगरे देशभर आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गरेर ज्यानको सुरक्षामा खटिन बाध्य हुने चेतावनी दिए ।

एक समूहले डा. थापा र बिडारीमाथि ज्यान मार्ने उद्देश्यले शारीरिक हमला गरी गम्भीर घाइते बनाएको भन्दै सरकारले दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग छ ।

गत भदौ २७ गते डा थापा र डा. बिडारीमाथि सन्चो अस्पताल हेटौँडामा बिरामीहरूको उपचार गरिरहेको अवस्थामा आक्रमण भएको थियो । तिवारीले गम्भीर घाइते भएका चिकित्सकहरूको स्वास्थ्य अवस्थ अत्यन्तै नाजुक भएको बताए ।

उहाँले संलग्न दोषीलाई यथाशिघ्र कानूनी दायरामा ल्याइ कडा भन्दा कडा कारबाही गर्नका लागि प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई ध्यानाकर्षण गराइसकेको बताए । उनले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि संशोधन ऐन, २०७९ बमोजिम चिकित्सकमाथि कुटपिट गर्नेहरुलाई कानूनी कारवाही गर्न माग गरे ।

 

प्रकाशित मिति २०८० भदौ २८ गते बिहीबार ०७:०८
हजुरको प्रतिक्रिया