२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्री अमेरिका प्रस्थान

प्रधानमन्त्री अमेरिका प्रस्थान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ ३० गते शनिबार ०६:१६

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन उनी शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी अमेरिकाको न्युयोर्क प्रस्थान गरेका हुन्...

काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन उनी शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी अमेरिकाको न्युयोर्क प्रस्थान गरेका हुन् ।

उनले आगामी बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

महासभालाई सम्बोधन गर्नु अघिल्लो दिन मंगलबार उनी अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ ।

अमेरिकामा रहँदा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ ।

न्युयोर्क बसाइँका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ ।

प्रधानमन्त्रीको भ्रमणमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत सहभागी छन् ।

प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाटै सिधै चीन जाने कार्यक्रम छ । चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायत विषयमा दुई पक्षीय छलफल र समझदारी हुने बताइएको छ ।

 

प्रकाशित मिति २०८० भदौ ३० गते शनिबार ०६:१६
हजुरको प्रतिक्रिया