२०८३ साउन २१ गते बिहीबार

पाेखरा-सिक्लेस गाडी भाडा घट्याे

पाेखरा-सिक्लेस गाडी भाडा घट्याे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज १ गते सोमबार ०६:३१

बाटोमा अड्किएका ठूलाठूला ढुंगा सडक उपभोक्ता समितिमार्फत पन्छाएपछि आजबाट आंशिक रुपमा सडक सञ्चालनमा आएको मादी गाउँपालिका १ वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।

पहिराेले राेकिएकाे बाटाे चल्याे

पोखरा

पोखरा–सिक्लेस यातायात व्यवसायीले भाडादर घटाएका छन् ।

७ सय रुपैयाँ रहेको भाडादर घटाउँदै आजदेखि ५ सय रुपैयाँ कायम गरेका हुन् ।

गुरुङ समुदायको संस्कृति तथा विभिन्न हिमशृंखला हेर्न ठूलो संख्यामा पर्यटक पर्यटक जाने गर्दछन् ।

गाडी भाडादर घटेपछि पर्यटकको संख्या बढ्ने मादी गाउँपालिकाको विश्वास छ ।

साथै, पोखरा–सिक्लेस सडकखण्डमा हिजोबाट परेको अविरल वर्षाका कारण अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ ।

बाटोमा अड्किएका ठूलाठूला ढुंगा सडक उपभोक्ता समितिमार्फत पन्छाएपछि आजबाट आंशिक रुपमा सडक सञ्चालनमा आएको मादी गाउँपालिका १ वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।

मादी गाउँपालिका ६ चिप्लिखोलामा यसअघि पनि पहिरोका कारण पटकपटक सडक अवरुद्ध हुँदै आएको छ ।

उक्त ठाउँमा सडक अझै पूर्ण रुपमा नहटिसकेकाले पन्छाउने काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति २०८० असोज १ गते सोमबार ०६:३१
हजुरको प्रतिक्रिया