२०८३ साउन २१ गते बिहीबार

जनता नै राज्य शक्तिकाे स्रोतः प्रदेश प्रमुख गुरुङ

जनता नै राज्य शक्तिकाे स्रोतः प्रदेश प्रमुख गुरुङ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज ३ गते बुधबार ०१:५२

पोखरा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपाली संविधानअनुसार जनता नै राज्यको शक्तिकाे स्रोत भएको बताएका छन् । बुधबार गण्डकी प्रदेशले मनाएको आठौं संविधान दिवस विशेष कार्यक्रममा बोल्दै उनले जनतालाई संविधानले सार्वभौम...

पोखरा

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपाली संविधानअनुसार जनता नै राज्यको शक्तिकाे स्रोत भएको बताएका छन् ।

बुधबार गण्डकी प्रदेशले मनाएको आठौं संविधान दिवस विशेष कार्यक्रममा बोल्दै उनले जनतालाई संविधानले सार्वभौम बनाएको उल्लेख गरेका हुन् ।

‘यस संविधानअन्तर्गत नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित भएको छ,’ प्रदेश प्रमुख गुरुङले भने, ‘जनता राज्य शक्तिको स्रोत भएका छन् ।’

उनले नेपालको संविधान व्यापक जनसहभागितासहित निर्वाचित संविधानसभाद्वारा जारी गरिएको पहिलो ऐतिहासिक संविधानसमेत उल्लेख गरे ।

‘वर्तमान संविधानले सामन्ती, निरंकुश र केन्द्रीकृत राज्यव्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत राष्ट्रियताको सुत्रमा आवद्ध गरेको छ,’ उनले भने ।

प्रकाशित मिति २०८० असोज ३ गते बुधबार ०१:५२
हजुरको प्रतिक्रिया