२०८३ कात्तिक १० गते सोमबार

लोभ्याउँदै घान्द्रुक (फोटो फिचर)

लोभ्याउँदै घान्द्रुक (फोटो फिचर)

विनोद ढुंगाना

@Public 4K Tv

२०८० असोज ५ गते शुक्रबार ०२:००

बाटोभरी फरफराइरहेका झरना, जंगलमा फुलेका थरीथरीका फूलले पनि  पाहुनाको पादचाप पर्खिरहेको छ ।

 

पोखरा

निलो आकाश, उसैगरी खुलेका हिमाल । हरियाली डाँडापाखा । गुजमुज्ज परेको बस्ती ।

छिनभरमै बाक्लो हुस्सुले घान्द्रुकको बस्तीलाई छपक्कै ढाक्छ । केहीबेरमा हुस्सुले घुम्टो उघाँरिदिन्छ । उसैगरी वर्षात्ले बस्तीलाई निर्थुक्कै रुझाउँछ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने पर्यटकीय गाउँ घान्द्रुकको दृश्य यतिबेला बडो रोमाञ्चक देखिन्छ ।

चर्चित पदमार्ग अन्नपूर्ण सर्किट, घोरेपानी, पुनहिल, अन्नपूर्ण बेसक्याम्प आदिको प्रवेशद्वार घान्द्रुक गाउँलाई पर्यटकीय सिजन सुरु भएसँगै अतिथि सत्कारमा प्राकृति दृश्यले पनि निकै साथ दिइरहेको छ ।
दृश्यपान गर्दै रमाउने छिटफुट पर्यटक घान्द्रुक उक्लनसमेत थालेका छन् ।

अतिथि सत्कारका लागि घान्द्रुकका ५५ होटल र १८ होमस्टे पनि तम्तयार भएर बसेका छन् ।

बाटोभरी फरफराइरहेका झरना, जंगलमा फुलेका थरीथरीका फूलले पनि  पाहुनाको पादचाप पर्खिरहेको छ ।

  

 

 

 

प्रकाशित मिति २०८० असोज ५ गते शुक्रबार ०२:००
हजुरको प्रतिक्रिया