२०८३ साउन २१ गते बिहीबार

विरामी मृत्युको विषयलाई लिएर पोखराको मणिपाल अस्पतालमा झडप

विरामी मृत्युको विषयलाई लिएर पोखराको मणिपाल अस्पतालमा झडप

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज ८ गते सोमबार ०६:११

असहज महसुस भएको भन्दै लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।

पोखरा

विरामीको मृत्युको विषयलाई लिएर मणिपाल शिक्षण अस्पताल, पोखरामा चिकित्सकमाथि हातपात भएको छ । अहिले पनि अस्पताल परिसरमा तनाव छ । प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

असहज महसुस भएको भन्दै लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

दिनभरि डुलाइएको तर के भएको जानकारी नदिइको भन्दै विरामीका आफन्तले आक्रोश पोखेपछि झडपको स्थिति बनेको थियो । आफन्तले भने डाक्टरले सुरुमा आफूहरुमाथि हातपात गरेको आरोप लगाएका छन् ।

स्थिति तनावग्रस्त भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति २०८० असोज ८ गते सोमबार ०६:११
हजुरको प्रतिक्रिया