पाेखरा
आज विश्व पर्यटन दिवस । विविध कार्यक्रम गरी देश भर मनाइँदै छ । पर्यटकीय सहर पोखरामा पनि दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल र बसपार्कमा आउने पहिलो पर्यटकलाई स्वागत समेत गरिएको छ । पोखरा पर्यटन परिषद्को अगुवाइमा पर्यटकलाई स्वागत तथा सम्मान गरिएको हो । पोखरा बिमानस्थलमा अवतरण गरेका थाइल्यान्डका पर्यटकलाई स्वागत तथा सम्मान गरिएको पोखरा पर्यटन परिषद्का सचिव सञ्जयकान्त सिग्देलले बताए ।
गण्डकी प्रदेशको पर्यटन मन्त्रालय, पोखरा महानगर, नेपाल पर्यटन बोर्डको पव्रद्र्धन र पोखरा पर्यटन परिषद्को आयोजनामा पर्यटन दिवस हिजो र आज गरी २ मनाउन लागिएको हो । टान गण्डकीको आयोजनामा मार्गीदेखि पुम्दीकोटसम्मको हिजो एक दिने पदयात्रा गरिएको छ । आज पर्यटन बसपार्क पोखरामा नाट्टाको आयोजनामा वृक्षरोपण र रक्तदान कार्यक्रम भएको छ ।
पोखराका पर्यटनसँग सम्बद्ध संघसंस्थाले वर्षेनी यो कार्यक्रम गर्दै आइरहेका छन् । आज साँझ रेबान पोखराको आयोजनामा वाराहीचोकदेखि खहरेचोकसम्म मिनी सडक महोत्सवको हुनेछ । महोत्सवमा नेपाल र भारतका संस्कृति प्रदर्शन गरिने छ । ‘सडकमै खाँउ, सडकमै रमाउ भन्ने उदेश्यले आयोजना गरिएको यस कार्यक्रमले आन्तरिक र बाह्य पर्यटकलाई पोखरा भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने श्रेष्ठको भनाइ छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव समेत आजको कार्यक्रममा सहभागी हुनेछन् ।
प्रकाशित मिति २०८० असोज १० गते बुधबार ०८:२०




