२०८३ साउन २१ गते बिहीबार

मुख्य समाचार

पोखरामा धेरै पर्यटन भित्राउन पोखरा–मुग्लिन सडक छिटो सक्नुपर्छः भारतीय राजदूत

पोखरामा धेरै पर्यटन भित्राउन पोखरा–मुग्लिन सडक छिटो सक्नुपर्छः भारतीय राजदूत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज १० गते बुधबार ०८:१५

राजदुत श्रीवास्तवले राजमार्ग निर्माणका लागि अर्को पटक भारतीय कम्पनीलाई सम्झन आग्रह गरे

पाेखरा

नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले भारतीय पर्यटकलाई पोखरा भित्र्याउन मुग्लिन पोखरा सडकको स्तरोन्नति छिट्टो सक्नुपर्नेमा जोड दिएका छन् ।

उनले भारतीय पर्यटकको गुनासो सडकमा रहेको भन्दै यसलाई छिट्टो सक्नुपर्नेमा दबाव दिए ।

पोखरा पर्यटन परिषद्ले पर्यटन दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै भारतीय राजदुत श्रीवास्तवले उक्त सडकको स्तरोन्नतिमा नेपालले हस्तक्षेप गर्नुपर्ने बताए ।

चीनियाँ कम्पनीले बनाइरहेको राजमार्गबारे कटाक्ष गर्दे भारतीय राजदुत श्रीवास्तवले राजमार्ग छिट्टो बनाउनेमा भारतीय कम्पनीले रेकर्ड राखेको बताए ।

उनले ड्यासमा रहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पर्यटनमन्त्री दीपेन्द्रबहादुर थापालाई हेर्दे राजमार्ग निर्माणका लागि अर्को पटक भारतीय कम्पनीलाई सम्झन आग्रह गरे ।

प्रकाशित मिति २०८० असोज १० गते बुधबार ०८:१५
हजुरको प्रतिक्रिया