पाेखरा । काेराेना संक्रमणका कारण शुक्रबार पाेखरामा थप एक जनाकाे निधन भएकाे छ । पोखराको मणिपाल हस्पिटलमा स्याङ्जाको अर्नुनचौपारी गाउँपालिका वडा नम्बर २ की ५८ वर्षीय संक्रमित महिलाको निधन भएको हो ।
नीजलाई मंसिर १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यसअघि पाेखरामा थप ३ जनाकाे निधन भएकाे थियाे ।
पोखरा महानगरपालिका वडा नं २ का ५९ बर्षीय संक्रमित पुरुषको पोखराको चरक मेमाेरियल अस्पताल पोखरामा गत १० गते ज्यान गएको निर्देशनालयले जनाएको छ । मृतकमा गत ५ गते कोरोना संक्रमण पुष्टि भएको हो । नीजमा डायविटिज तथा मृगाैलासम्बन्धी समस्या रहेको निर्देशनालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
यस्तै, शुक्रबार पोखरा ३२ का ६६ बर्षीय कोरोना संक्रमितको ज्यान गएको छ । गत ५ गते संक्रमण पुष्टि भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचाररत नीजको शुक्रबार उपचारकै क्रममा ज्यान गएको हो । उनमा कोभिड निमाेनिया तथा डायविटिजको समस्या रहेको निर्देशनालयले जनाएको छ ।
शुक्रबार बिहान पोखराकै गण्डकी मेडिकल कलेजमा थप एक जनाको ज्यान गएको छ । गत ८ गते कोरोना संक्रमण पुष्टि भएर उपचाररत पोखरा ७ की ७६ बर्षीय संक्रमित महिलाको उपचारकै क्रममा सोही अस्पतालमा ज्यान गएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ सय ४८ पुगेको छ ।
प्रकाशित मिति २०७७ मंसिर १२ गते शुक्रबार ०८:१५




