२०८३ असोज २४ गते शनिबार

सभापतिलाई दोष दिने होइन, आफैं कांग्रेस बनाउन लाग्नुहोस्ः मुख्यमन्त्री पाण्डे

सभापतिलाई दोष दिने होइन, आफैं कांग्रेस बनाउन लाग्नुहोस्ः मुख्यमन्त्री पाण्डे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज १२ गते शुक्रबार ०७:३८

अर्को चुनाव आउने बेलासम्म पनि गएको चुनावको टिकटको विषयलाई लिएर नअल्झिन सुझाव दिए ।

पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस बनाउन नयाँ पुस्ताका नेता परिर्वतन भएर लाग्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्यसमेत रहेका पाण्डेले सभापतिलाई मात्रै दोष दिएर कांग्रेस नबन्ने बताए ।

‘अब ७८ वर्ष भएका शेरबहादुर देउवा (सभापति जि) लाई परिर्वतन गर्छु र कांग्रेस बनाउँछु भन्ने भन्दा पहिले ५९ वर्षको सुरेन्द्र पाण्डे, ४६ वर्षका गगन थापा र ३८, ४० का अन्य नेता अझै धेरै परिर्वतन हुनुप¥यो’ शुक्रवार नेपाली कांग्रेस गोरखा नगर समितिले आयोजना गरेको नगरसम्मेलनमा उनले भने ।

मुख्यमन्त्री पाण्डेले अर्को चुनाव आउने बेलासम्म पनि गएको चुनावको टिकटको विषयलाई लिएर नअल्झिन सुझाव दिए ।

‘अर्को चुनाव आउने बेला भईसक्यो, ३ वर्षपछि अर्को चुनाव हुन्छ । हामी हिजोको टिकट किन छुट्यो भने रोईकराई गरिरहेका छौँ, यो कहिले सम्म गरिरहने ?’, पाण्डेको प्रश्न छ ।

यही रोदनमा हुने हो भने अर्को पटक पनि चुनावको टिकट छुट्ने उनको भनाइ थियो । उनले विगतको कमजोरीलाई सुधारेर अगाडि बढ्न सक्नुपर्ने बताए ।

वडा सभाप िदेखि केन्द्रिय सभापतिसम्मको अधिकार विधानमा लेखिएको बताउँदै उनले हरेक नेता कार्यकर्ताले आफ्नो जिम्मेवारी पुरा गर्ने हो भने कांगे्रसको संगठन बलियो हुने बताए ।

प्रकाशित मिति २०८० असोज १२ गते शुक्रबार ०७:३८
हजुरको प्रतिक्रिया