२०८३ साउन २१ गते बिहीबार

फुस्रे खोलामा डुबेर मृत्यु

फुस्रे खोलामा डुबेर मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज १४ गते आइतबार ०१:०३

पोखरा महानगरपालिका–१७ फुस्रे खोलामा डुबेर बिरौटा बस्ने १६ वर्षीय क्षितिज बस्यालको मृत्यु भएको हो ।

पोखरा

कास्कीमा फुस्रेखोलामा डुबेर एक किशोरको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–१७ फुस्रे खोलामा डुबेर बिरौटा बस्ने १६ वर्षीय क्षितिज बस्यालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार बिकका अनुसार शनिवार दिउँसो खोलामा अड्किएको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले शवको निकालेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखेको छ ।

मृतक बस्यालको बुबा र आमा दुवै जना विदेश रहेकाले ठुली आमासँग बस्दै आएको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रकाशित मिति २०८० असोज १४ गते आइतबार ०१:०३
हजुरको प्रतिक्रिया