२०८३ साउन २१ गते बिहीबार

पार्टी सदस्यहरुले मतदान गरेर सभापति चुन्न पाउनुपर्छ : सांसद पौडेल

पार्टी सदस्यहरुले मतदान गरेर सभापति चुन्न पाउनुपर्छ : सांसद पौडेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज १४ गते आइतबार ०६:१९

पौडेलले पार्टी केन्द्रीय सभापति पनि सबै पार्टी सदस्यले मतदान गरेर चुन्न पाउने व्यवस्था गर्नुपर्ने बताए ।

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी केन्द्रीय सभापति पनि सबै पार्टी सदस्यले मतदान गरेर चुन्न पाउनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कांग्रेसका सबै कार्यकर्ताले अब आफ्नो केन्द्रीय सभापति आफैं चुन्न खोजेका हुन् भने त्यही अनुसारको व्यवस्था गर्न सक्नुपर्ने भन्दै रहेको भन्दै पौडेलले पार्टी केन्द्रीय सभापति पनि सबै पार्टी सदस्यले मतदान गरेर चुन्न पाउने व्यवस्था गर्नुपर्ने बताए ।

उनले भने, ‘कांग्रेसका सबै कार्यकर्ताले अब आफ्नो केन्द्रीय सभापति आफैं चुन्न खोजेका हुन् भने त्यही अनुसारको व्यवस्था गर्न सक्नुपर्छ । पार्टी नेतृत्वले जसलाई टिकट दिन्छ त्यसलाई नै सधैँभरी थोपर्छ, अन्याय गर्छ भन्ने लाग्ने हो भने पार्टीभित्र प्राइमरी इलेक्सन, अन्तरपार्टी प्राइमरी इलेक्सनको व्यवस्था गर्नुपर्यो । पार्टीका आम कार्यकर्ताले चुनेको व्यक्तिले मात्रै टिकट पाउने व्यवस्था गर्नुपर्यो ।’

उनले पार्टीको रुपान्तरण प्रक्रियालाई पूर्ण बनाउनको लागि पार्टीका आन्तरिक विषय, बाह्य र राष्ट्रिय मुद्दाहरुमा प्रष्ट हुन आवश्यक रहेको बताए ।

उनले भने, ‘पार्टीको रुपान्तरण प्रक्रियालाई पूर्ण बनाउनका लागि पार्टीका आन्तरिक विषय, बाह्य र राष्ट्रिय मुद्दाहरुमा प्रष्ट हुन आवश्यक छ । हामी व्यक्ति परिवर्तनले मात्रै रुपान्तरण हुन्छ भन्ने सोचिरहेका त छैनौं ? पार्टीको समग्र रुपान्तरणका लागि हामीले सबै पक्षलाई छुन सक्नुपर्छ ।’

उनले कांग्रेस खुलापनमा विश्वास गर्ने भएकाले मासवेश पार्टी भएको दाबी गरे ।

प्रकाशित मिति २०८० असोज १४ गते आइतबार ०६:१९
हजुरको प्रतिक्रिया